सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

जसपाले बोलायो सबै मन्त्रीलाई फिर्ता

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे ।

मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादव छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १०:४१