विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ ।
फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हाे ।
फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ ।
तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्रतिबन्ध गरिने चेतावनी समेत दिएको छ ।
सत्यपाटी । काठमाडौँ ।