चालू आर्थिक वर्ष २०७८–०७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो ।
सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् ।
यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ । नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगलादेशमा यस प्रकारका कपाल निर्यात हुने गरेको छ ।
यी तीन मुलुकमध्ये म्यानमा ८५ लाख २१ हजार रुपैयाँको कपाल निर्यात भएको छ भने बंगलादेशमा ४६ लाख २५ हजार रुपैयाँको कपाल निर्यात भएको छ ।
यसैगरी, कोरियामा ८९ हजार रुपैयाँको कपाल निर्यात भएको छ । यस अवधिमा नेपालबाट २८ लाख रुपैयाँ बराबरको ब्रस निर्यात भएको छ ।
मानव र जनावरको कपालबाट बनाइएको उक्त ब्रस विदेशी मुलुकमा निर्यात भइरहेको विभगाको तथ्यांकले देखाएको छ । जनावरको रौंबाट बनेका यस प्रकारका ब्रस भारत जाने गरेको तथ्यांक छ ।
सत्यपाटी । काठमाडौं ।