नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो ।
बिहीबार त्यो रकम बढेर एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सत्यपाटी । काठमाडौँ ।