बझाङमा गत आर्थिक बर्षमा सम्पति विवरण नबुझाउने जयपृथ्वी नगरपालिकाका सार्वजनिक पदधारण गरेका ४९ जना कारवाहिमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय टंगाल काठमाडौले नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, बालविकास सहकर्ता र कार्यालय सहयोगी गरि ४९ जनालाई ५ हजार जरिवाना सहित ३० दिन भित्र सम्पति विवरण बुझाउन परिपत्र गरेको छ ।
सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीहरुले हरेक बर्ष आफ्नो सम्पति विवरण बुझाउनु पर्ने हुन्छ ।
नगरपालिका भित्रका ५ जना जनप्रतिनिधि, ३९ जना शिक्षक, ३ जना सहयोगी कार्यकर्ता र २ जना कार्यालय सहयोगिले जरिवाना तिर्नुपर्ने भएको छ ।
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सर्तकता केन्द्रबाट सम्पति विवरण अनुगमन प्रतिवेदन २०७७÷०७८ प्राप्त भई आयोगको बैठकमा पेश भएको र नगरपालिकाका ४९ जनाले आफ्नो सम्पति विवरण नबुझाएको हुँदा सम्पति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उप दफा २ बमोजिम जनही ५ हजार जरिवाना गरि तत्कालै सम्पति विवरण पेश गर्न गराउन हुन भनि जयपृथ्वी नगरपालिकालाई परिपत्र गरेको छ ।
सत्यराज सिंह । बझाङ ।