सूचनाको शक्ति - The Power Of Information

        

एउटै नम्बर प्लेटका दुइवटा मोटरसाइकल, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंको गौशाला चोकमा बुधवार बिहान एउटै नम्बरका दुइवटा मोटरसाइकल देखिएपछि सामाजिक सञ्जालमा दिनभर यसले निकै चर्चा कमाएको छ ।

बुधवार बिहान गौशालामा ट्राफिक जाममा एउटै नम्बरका दुइवटा मोटर साइकल देखिएका थिए । ट्राफिक जाममा रोकिएका बेला एकजनाले अचम्म मान्दै फोटो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।

यो अहिले सबैतिर भाइरल भएको छ । दुबै मोटरसाइकलको नम्बर प्लेटमा बागमती प्रदेश–०२–०२२ प २३८० लेखिएको छ ।

सामाजिक सञ्जालमा एउटै नम्बर प्लेटका दुइवटा मोटर साइकल देखिएपछि उपत्यका ट्राफिक कार्यालयले यसबारे खोजी गरेको थियो ।

एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल एकै ठाउँमा रोकिनुलाई सबैले रोचक संयोग मात्र भनेका छैनन् अचम्म समेत मानेका छन् ।

ट्राफिक प्रहरीले खोजीनिति गरेपछि एउटा मोटर साइकलका चालक सम्पर्कमा आएका र उनको सबै कागजाज ठीक रहेको बताएको छ । सम्पर्कमा आएका व्यक्ति एनएस पल्सरका चालक हुन् ।

अर्काे मोटरसाइकल र चालकको पनि खोजी भइरहेको तथा के कसरी दुईवटा मोटरसाइकलमा एउटै नम्बर प्लेट पर्न गएको भन्ने कुरा ती व्यक्ति सम्पर्कमा आएपछि सबै कुरा थाहा हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १८:२७