नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुन लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् ।
उनीहरुलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्न लागेका हुन् ।
एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।
सत्यपाटी । काठमाडौँ ।