अविरल वर्षाले दाङ–रोल्पा सडकखण्ड अबरुद्ध भएको छ।
दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्गमा ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको डिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
वर्षाले सडक हिलाम्मे भएका कारण ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको बताए।
त्यस्तै बर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा एउटा घर भत्किएको छ।
इलाका प्रहरी कार्यालय तुलसीुपुरका प्रमुख डिएसपी श्यामु अर्यालले वर्षाका कारण स्थानीय एक जनाको घर भत्केको जानकारी आएको र घटनास्थलतर्फ प्रहरीहरू पठाइएको बताए।
सत्यपाटी । दाङ ।