नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले मंगलबार निःशुल्क स्वास्थ्य सञ्चालन गरेको छ ।
उक्त शिविरमा ५ सय भन्दा बढीले सेवा लिएको वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिए । शिविरको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।
सो क्रममा नगर प्रमुख विष्टले पनि आँखा जाँच गराएका थिए । वडाअध्यक्ष बज्राचार्यले स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग पुर्याउने सबै वडावासीलाई धन्यवाद दिएका छन् ।
वडाअध्यक्ष निर्वाचित भएसँगै बज्राचार्यले आफ्नो सक्रियता बढाएका छन् ।
सत्यपाटी । बाँके ।