शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ ।
बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।
दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो ।
सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, सिंगटी हाइड्रो र नेपाल इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा उन्नति सहकार्य लघुवित्तको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।
सत्यपाटी । काठमाडौँ ।