सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

वामदेवको नयाँ पार्टी श्रीमती र छोरा पनि केन्द्रीय सदस्य ! (सूचीसहित)

केन्द्रीय समितिमा बाँकेबाट कमल बस्नेत र बर्दियाबाट दिपककुमार टमाटालाई समेटिएको छ ।

वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । जसमा गौतम पत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।

केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ भने छोरा हरिशको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ । गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दैछन् । केन्द्रीय समितिमा बाँकेबाट कमल बस्नेत र बर्दियाबाट दिपककुमार टमाटालाई समेटिएको छ ।

केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, रवि खाँ, मो. शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा.कुमार आचार्य, भगवती विष्ट, डा.प्रकाशमान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा रहेका छन् ।

त्यस्तै गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल, डा रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार) केन्द्रीय सदस्यमा समेटिएका छन् ।

यसैगरी प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा, गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, प्रवेश महत क्षेत्री, डा केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठक लगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १३:०७