सूचनाको शक्ति - The Power Of Information

        

विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो

हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ। यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन्।

एउटा मात्रै कोसिका भएको यो ब्याक्टेरियाको कोसिका यति ठूलो छ कि यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गरिएको छ। यो ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा करिब ५ हजार गुणा ठूलो छ।

शोधका लेखक तथा लरेन्स बर्कले नेशनल लेबोरेटरीमा मरिन बायोलोजिस्ट जीन–मेरी भोलेन्डका अनुसार यति ठूलो ब्याक्टेरिया भेटिनु आफैँमा एउटा आश्चर्यको कुरा थियो।

साइन्स जर्नलमा प्रकाशित एक नयाँ शोधका अनुसार थियोमार्गरिटा म्यान्फिा नामको यो ब्याक्टेरियाबारे सबैभन्दा पहिला गुआदेलुपमा युनिभर्सिटी डेस एन्टिल्सका मरिन बायोलोजीका प्राध्यापक ओलिवियर ग्रोसले फेला पारेका थिए।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १८:०८