सूचनाको शक्ति - The Power Of Information

        

टिकेन शेयर बजारको वृद्धि, आज झन्डै २४ अङ्कले घट्यो

हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नाै सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।

आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीकाे ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १७:५८