सूचनाको शक्ति - The Power Of Information

        

कृषि ज्ञान केन्द्रमा राप्रपाले लगायो ताला

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको नेपालगन्जस्थित जिल्ला कृषि ज्ञान केन्द्रको कार्यालयमा ताला लगाएको छ ।

किसानलाई मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्याएको धानबालीको क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर राप्रपा, बाँकेले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो ।

राप्रपाका महामन्त्री डा.धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन जसगढ लगायतका नेता तथा कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् ।

मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १५:२३