काठमाण्डाै – एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आजदेखि सुरु हुँदैछ ।
भोलिसम्म चल्ने बैठकमा साङ्गठानिक गतिविधि, पालिका चुनावको समीक्षा, आउँदो चुनावको तयारी र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै बैठकमा पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
परिषद् बैठकमा करिब १ हजार ५ सय जना सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।
सत्यपाटी । काठमाडौँ ।