सूचनाको शक्ति - The Power Of Information

        

कोलाेम्बियामा रंगशाला भत्किंदा ४ जनाको मृत्यु, ३० जना घाइते

कोलाेम्बियामा साँढे जुधाई प्रतियोगिता हेर्न रंगशालमा भेला भएका दर्शक बस्ने कक्ष भत्किंदा ४ जनाको मृत्यु भएको छ । साेही घटनामा ३० जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक रहेका छन् । कोलोम्बियाको एल एस्पिनल रंगशालामा प्रतियोगिता चलिरहदा काठको तीन तले दर्शकदीर्घा भत्केको हो ।

कोलोम्बियामा वर्षेनी आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौंको मृत्यु हुने गरेको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यस्ताअ असुरक्षित प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने प्रतिक्रिया दिदै घटनाप्रति दु:ख प्रकट गर्नुभएको छ ।

कोलोम्बियामा यस्ता प्रतियोगितामा भएको यो पहिलो घटना भने होइन् । सोही प्रतियोगितामा सहभागी गराईएका एक गोरु रंगशालाबाट भागेर शहर पस्दा आमनागरिकमा भागदौड मच्चिएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०८:२३