सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नयाँ पार्टी खोल्दै वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने भएका छन् । गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।

शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका उनले चन्द्रागिरीमा आयोजना गरेको केन्द्रीय समिति बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गरेको छ ।

पछिल्लो समय निष्क्रिय रहेका कम्युनिस्ट नेता एवम् राष्ट्रिय सभाका सदस्य गौतमले धोबिघाटमै केन्द्रीय समितिका पदाधिकारी घोषणा गर्ने तयारी भए पनि थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको एक नेताले जानकारी दिए ।

हाल कुनै पनि दलमा नरहेको नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसहितको टोली आइतबार विहानै दलबलसहित चन्द्रागिरी केबलकार चढेर चन्द्रागिरी पुगेसँगै नयाँ पार्टी गठनका लागि तयारीमा जुटेको ती नेताले बताए ।

गौतमसहित नेकपा एमालेकी सांसद समेत रहेकी पत्नी तुलसा थापा पनि उपस्थित छिन् । बैठकमा सहभागीहरुलाई उतै लन्चको व्यवस्था गरिएको थियो । बैठकमा नेता गौतमले प्रशिक्षण समेत दिइएको सहभागी एक नेताले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १९:३४