सूचनाको शक्ति - The Power Of Information

        

दलबलसहित चन्द्रागिरी पुगे बामदेव

पछिल्लो समय निष्क्रिय रहेका कम्युनिस्ट नेता एवम् राष्ट्रिय सभाका सदस्य वामदेव गौतम चन्द्रागिरी पुगेका छन् ।

हाल कुनै पनि दलमा नरहेको गौतमको नेकपा एकता राष्ट्रिय अभियान छ । आइतबार विहानै गौतम ६५ जनाको दलबलसहित चन्द्रागिरी केबलकार चढेर चन्द्रागिरी पुगेका हुन् ।

गौतम आफ्नो नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटीको प्रथम बैठकका लागि चन्द्रागिरी पुगेका हुन् । गौतमसहित नेकपा एमालेकी सांसद समेत रहेकी पत्नी तुलसा थापा पनि उपस्थित छिन् ।

नेकपा एकता राष्ट्रिय अभियानको बैठकमा सहभागीहरुलाई उतै लन्चको व्यवस्था गरिएको छ । बैठकमा नेता गौतमले प्रशिक्षण दिएका बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १४:३२