सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् प्रचण्डले ट्वीटरमा फलो गरेका आठ व्यक्ति

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा आठ जनालाई मात्र फलो गरेका छन् ।

उनले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी पाँच जना अमेरिकी राजनीतिज्ञ छन् । उनले छोरीहरू रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् ।

यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।

ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९२८ जनाले फलो गरेका छन् । (न्युज कारखाना)

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १३:५५