नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रचण्ड आज बिहान ललितपुरको हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । उनले सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–२ का तामाङ हाल काठमाडौंको महाराजगन्ज निवासी हुन् । प्रचण्डले चिकित्सकहरूबाट तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
तामाङले पुुर्याएको योगदानको प्रशंसा गर्दै प्रचण्डले स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएको जनाइएको छ ।
सत्यपाटी । काठमाडौँ ।