नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा रहेको थियो ।
बुधबार एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको थियो ।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ११ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ५८ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सत्यपाटी । काठमाडौँ ।