सूचनाको शक्ति - The Power Of Information

        

नेपाल २८ औं भियतनाम एक्स्पोमा सहभागी हुने

काठमाडौँ । नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर भियतनाम एक्स्पोमा सहभागी हुने भएको छ ।
उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कक्ष राख्ने छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल भियतनामतर्फ प्रस्थान गरेको छ ।
चार दिनसम्म चल्ने उक्त एक्स्पोमा सहभागी विभिन्न राष्ट्रका व्यवसायीलाई नेपाली उत्पादनका बारे जानकारी गराउने र स्वदेशी वस्तु तथा सेवाको बजारीकरण र निर्यातका लागि उचित वातावरण बनाउन सहयोग पुग्ने बताइएको छ । विभिन्न मुलुकबाट उपभोग्य वस्तु अत्याधिक रुपमा आयात हुने र सोही अनुपातमा स्वदेशी वस्तु निर्यात हुन नसक्दा करीब रु नौ खर्ब बराबरको व्यापार घाटा ब्यहोर्नु परेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०८:१७