सूचनाको शक्ति - The Power Of Information

        

यी जिल्लाका नदीमा बढ्नेछ आज बहाव

 देशका केही नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज संखुवासभा, दोलखा, गोरखा, म्याग्दी, बागलुङ र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ

अबका तीन दिनसम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्नेछ ।

भोलिदेखि नारायणी र यसका साना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १०:१४