सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेसको आरोप, सरकारले जारी गरेको श्वेतपत्र ‘लालपत्र’

काठमाडौं । चुनावी परिणामपछि प्रतिपक्षमा खुम्चिएको कंग्रेसले पछिल्लो समय यता सरकारले सार्वजनिक गरेको स्वेतपत्रमाथि कडा टिप्पणी गर्दै आएको छ । तथ्यहरुलाई पुरै शून्यीकरण गरेर आम नागरिकमा निराशा पैदा गर्ने काम बाम गठबन्धन सरकारले गरेको कंग्रेसको ठहर छ ।
सरकारले जारीे गरेको स्वेत पत्रको कंग्रेसले औपचारिकरुपमा कडा टिप्पणी गरेको छ । कंग्रेस मुख्यालयमा पत्रकार सम्मेलनमार्फत स्वेतपत्रमाथि कंग्रेसको यस्तो टिप्पणी आएको हो । सरकारले वास्तविक तथ्य र वस्तुगत यथार्थतालाई शुन्यीकरण गर्ने हर्कत गरेको कंग्रेस दावी छ ।
कंग्रेसले स्वेतपत्र स्वेतपत्र नभएर लालपत्र भएको आरोप लगाएको छ । कंग्रेस नेतृत्वको अर्थनीतिले मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दावी कंग्रेसको छ । विगतमा भएका आर्थिक सुधारका तथ्यांक नै विश्लेषण नगरेर हचुवा भरमा सरकारले सार्वजनिक गरेको स्वेतपत्र नैतिकतामा शून्यता र संगतिरहित भएको टिप्पणी छ कंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ।
कंग्रेसले स्वेतपत्रमाथि भएका गम्भीर २४ बुंदे गल्ती भएको चित्रण गर्दै स्वेतपत्र अवौद्धिक र अव्यवसायीक मुचुल्का भएको टिप्पणी आरोप लगाएको छ । अढाई दशक यता कंग्रेस नेतृत्वको नीतिकै कारण मुलुकमा ठूलो आर्थिक रुपान्तरण भएकोले उपलब्धीलाई शुन्यीकरण गर्नु भ्रमको राजनीतिक खेतीबाहेक अरु नभएको उसको दावी छ ।
राज्यको दायित्व नागरिकमा नविन आशा र जांगर श्रृजना गर्नु भएपनि सरकारले अर्थतन्त्रको सबै पाटोको नजर अन्दाज गरेर अतिरन्जित गरेको आरोप छ कंग्रेसको । सरकारले विगत २५ वर्ष यता १२ बाट ७ सय अर्व माथिको अर्थतन्त्रलाई पुुराएको तथ्यलाई भुल्नु नै स्वेतपत्रको कमजोरी पक्ष रहेको कंग्रेसको दावी छ ।
विगत दश वर्ष यता जे जति अर्थतन्त्रमा भएका केही कमजोरी रहेका छन् ती मध्ये कंग्रेसको भागमा पर्ने भार कंग्रेसले नैतिक जिम्मेवारी लिन कंग्रेस तयार रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा कुल १० दश वर्षमा कम्युनिष्टहरु ७६ प्रतिशत सत्ताको चाबी समाएकोले अर्थतन्त्र विगार्न पनि कम्युनिष्टहरु नै दोषी भएको कंग्रेसको दावी छ ।
आफैले अर्थतन्त्र दामाडोल पारेर कंग्रेसलाई अर्थतन्त्र विगारेको आरोप लगाउनुको कुनै दम नभएको प्रष्ट्याएको छ । कंग्रेसले अंगालेका अर्थनीतिका कारण अर्थतन्त्रमा ठूलो सुधार आएको उसको मत छ । त्यसैगरी कंग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण हुनु सकारात्मक भएपनि लगानीको वातावरण प्रचण्ड सरकारको पालादेखि नै भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कंग्रेस नेता डाक्टर प्रकासशरण महतले तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको पालामै नै भारतसंगको सम्बन्ध सुधार भैसकेको दावी गरेका छन् यसपटक भारत भ्रमणले दुइ देशबीचको सम्बन्ध सुधारमा खासै तात्वीक भिन्नता नराखेपनि प्रधानमन्त्रीको निजी सम्बन्धमा सुधार ल्याएको जिकिर गरेका छन् । डाक्टर महतले नेपालमा लगानी भित्रिरहेको दावी गर्दै ओलीको भारत भ्रमणले लगानी भित्र्याउने प्रसंगको खासै अर्थ नरहेको दावी गर्छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०८:०३