सूचनाको शक्ति - The Power Of Information

        

लिभरपुलका माने अब बायर्न म्युनिखमा

अफ्रिकी मुलुक सेनेगलका फुटबल खेलाडी सादियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।

बायर्नले बुधबार मानेलाई लिभरपुलबाट आफ्नो टोलीमा अनुबन्ध गरिएको जनाएको छ ।

मानेले जर्मन च्याम्पियन बायर्नसँग तीन वर्षको सम्झौता गरेका छन् । बायर्नले फरवार्ड मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

३० वर्षीय फरवार्ड माने सन् २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल प्रवेश गरेका थिए । उनले लिभरपुलका लागि प्रिमियर लिग, एफ.ए कप लगायत ६ उपाधि जितेका छन् ।

मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०८:४४