सूचनाको शक्ति - The Power Of Information

        

ओलम्पिक दिवशमा नेपालगञ्जका अग्रज खेलाडिलाई सम्मान

ओलम्पिक दिवश–२०२२ को अवसर पारेर बाँकेका अग्रज खेलाडीहरूलाई सम्मान गरिएको छ ।

खेलकुदका क्षेत्रबाट बाँकेका राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सहभािग भई बाँके र नेपालकै पहिचान दरिलो बनाउन सफल अग्रज खेलाडीहरूलाई ‘ओलम्पिक डे–२०२२’ सम्मान गरिएको हो ।

स्र्पोट फर अल लुम्बिनी प्रदेशद्वारा आयोजित सम्मान कार्यक्रमा सहभागी भलिबलका पुरना खेलाडी तथा अन्तराष्ट्रिय रेफ्री अजितकुमार शर्माले बाँके खेलकुदका लागि उर्वर भूमि भएको बताउदै यहाँको समग्र खेलेको विकासमा सरकार नै लागि पर्नुपर्ने सुझाव दिए ।

उनले भने–‘ अभाव र दबाबमा सुरु भएको खेल जीवनबाट राष्ट्र र जिल्लाको पहिचान गराउन सकियो, राज्यले अव खेल क्षेत्रमा लगानी बृद्धि गर्दै खेलाडि प्रोत्साहनको नीति ल्याउनु पर्छ । अनि मात्र खेल र खेलाडिको विकास संभव छ ।’

उनले ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदलाई खेलाडिको संरक्षण गर्न खेलकुदको विकासको लागि प्रर्वाधारमा मात्र नभई खेलाडिको बृति विकासमा समेत ध्यान दिनु पर्ने सुझाव दिए ।

बाँकेबाट दुई दर्जनबढी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन भएर देश विदेशमा समेत चर्चा कमाएको तर, राज्यको ध्यान यसतर्फ जान नसक्दा उनीहरुको संरक्षणमा बजेटको सिमितताले अहिले बाँके ओझेलमा परेको देखिएको उनको भनाई छ ।

कार्यक्रमा शर्मासँगै ओलम्पीक कमिटीका कोषाध्यक्ष रतन टण्डन पुराना अग्रज खेलाडि फजल अब्वास रिज्वी, शान्ति सिंह, राकेशकुमार श्रीवास्तव, विश्वनाथ चौबे, सचितानन्द चौबे, गोबर्धन सिंह, गोविन्द श्रेष्ठ, आशोकजंग थापा, बिष्णुमान श्रेष्ठलाई सममान गरिएको भलिवल संघ बाँकेका अध्यक्ष तथा स्र्पोट फर अल लुम्बिनी प्रदेशका संयोजक टिएस ठुकरीले जानकारी दिए ।

अग्रज खेलाडिलार्ई ओलम्पिक कमिटी कोषाध्यक्ष टण्डन, खेलकुद परिषद सदस्य सुमित्रा चौधरी, नेपाली सेनाका नंबर ४ बाहिनी अड्डाका बाहिनीपती उत्तमकुमार विष्ट, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओली, नेपालगञ्जका व्यवसायीहरु कृष्णप्रसाद श्रेष्ठ, संजय थापालगायतले दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा खेलप्रेमी, खेलाडी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्लामा खेलकुदको क्षेत्रमा योगदान पु¥याए वापत तेक्वान्डो, कराते, साईकिल क्लब, पौडी संघ लगायत नेपाली सेनालाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १७:४७