सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने एक जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१–त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय १८ वर्षीय जगत बहादुर वि.क. को मृत्यु भएको हो ।

वि.क.को घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, घाइते भएका ट्याक्टरका साहु स्थानीय ४२ वर्षीय हरि नारायण खड्कालाई उपचारको लागि जिल्ला अस्पताल दैलेख तर्फ पठाइएको छ ।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १०:०३