सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो कर्मचारी [सूचनासहित]

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधवार सूचना जारी गर्दै चौथो र पाचौँ पदका लागि दरखास्त आह्वान गरेको हो । नेपाल इन्जिनियर सेवा अन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ।

पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ। योग्यता पुगेका उमेदवारले असार २८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०८:३२