सूचनाको शक्ति - The Power Of Information

        

अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकालाई

अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ ।

कोलम्बोमा मंगलबार राति भएको खेलमा ४ रनको जित निकाल्दै श्रीलंकाले एक खेल बाँकी छँदै ५ खेलको एक दिवसिय श्रृंखला ३–१ ले जितेको हो ।

श्रीलंकाले आफ्नै मैदानमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखला जितेको हो ।

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रन जोडे । पाट कुमिन्सले ३५ रन जोड्दा टार्भिस हेडले २७ र मिचेल मार्शले २६ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री भन्दर्से र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले । धनन्जय डी सिल्भाले ६० रन बनए ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु कुनेमान र पाट कुमिन्सले २/२ विकेट लिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०८:१९