सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनीक यातायातका साधनको भाडा पनि समायोजन गरेको हो ।
विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ । विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो ।
सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढाएको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो ।
सत्यपाटी । काठमाडौं ।