सूचनाको शक्ति - The Power Of Information

        

महिनावारी हुँदा मन्दिरमा पुजापाठ गर्न हुन्छ कि हुँदैन ?

महिनावारी हुँदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ । यो महिनावारीमा दिएको छुट्टी हो । तिम्रो शरीरबाट रगत जादा तिमी कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो ।

प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौं । महिनावारीमा तिमी कोहि एकभन्दा अपवित्र हुँदैनौैं । मन्दिरभन्दा पवित्र हुन्छौं । मन्दिर भन्दा संवेदनशिल हुन्छौं । पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे ।

फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन । न्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । महिनावारीमा मन्दिर निराहार निर्जल जादा घण्टौं साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन् कमजोर हुन्छौं भनेर मन्दिर नजाउ भनिएको हो ।

कालान्तरमा यो निषेधको रुपमा बुझियो । हिन्दु समाजमा नारी देवी हुन् । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउने छन् । तिमी महिनावारीमा अछुत वा अयोग्य हुँदैनौ तिमी मन्दिरभन्दा पवित्र हुन्छौं ।

मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौं । तिमी जुनसुकै बेला मन्दिर जान सक्छौं । किन नजान भनियो फरक कोणबाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर ।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार १६:५२