सूचनाको शक्ति - The Power Of Information

        

बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

बझाङकाे बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ किशोर पक्राउ परेका छन ।

बुङ्गल नगरपालिका वडा न.१ कि १२ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा सोहि ठाँउका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोहि ठाँउका अन्दाजि १४ वर्षीय, १५ वर्षीय १६ बर्षिया तीन जना लाई पक्राउ गरेको हो ।

जेठको दोस्रो साता तिर बालिकाका आमाबुबा रोपाईमा गएको र घरमा कोहि नभएको बेला तीनै जनाले सामुहिक बलात्कार गरेको पिडीत पक्षले जनाएको छ ।

तीनै जनाले बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्की दिएको र बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाई भएको पिडीतका आफन्तले जनाएका छन ।

विहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय बझाङ बाट खटिएको टोलिले तिनै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको छ ।

बलात्कारका आरोपि तीनै जना नावालक भएकाले जवरजस्ति करणीमा मुद्दा दर्ता गरि अदालत बाट म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाईने जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक जनक ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १८:४५