प्रहरीले ठूलो परिमाणमा हेरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ । ५१ किलोग्राम लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हेरोइन अहिलेसम्मकै धेरै हो । उनीहरुको साथबाट ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको हेरोइन एक अर्ब रुपैयाँभन्दा धेरै मुख्यको रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा उक्त परिमाणको हेरोइन बरामद गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो ।
हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ । दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए ।
एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हो । एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको छ ।
सत्यपाटी । काठमाडौं ।