सूचनाको शक्ति - The Power Of Information

        

आदर्श लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।

बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयरका लागि पनि सर्वसाधारणसँग आवेदन माग गरेको हो । आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङस नेपालले लघुवित्तलाई ‘केयर एनपी सिंगल बि प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

हाल १ करोड ४० लाख रुपैयाँ चुक्ता  पुँजी रहेको कम्पनीको आईपीओ बाँडफाँड पश्चात चुक्ता २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७५/०७६ मा १२ रुपैयाँ ३७ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३७ पैसा र सञ्चित नाफा १३ लाख ५१ हजार रहेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा ७ रुपैयाँ २७ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ २४ पैसा र सञ्चित नाफा २१ लाख ४४ हजार रहेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा ५ रुपैयाँ १३ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८८ पैसा र  सञ्चित नाफा २५ लाख ९ हजार रहेको थियो ।

यस्तै चालु आव २०७६/०७७ मा २० रुपैयाँ ६० पैसा प्रतिसेयर आम्दानी रहने प्रक्षेपण गरेको लघुवित्तले प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८२ पैसा र सञ्चित नाफा १३ लाख ७५ हजार पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ०९:१४