सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मातृ मृत्युदर झन् बढ्दो क्रममा

सरकारले आमा सुरक्षा कार्यक्रम लागु गरेर अर्बौ रुपैयाँ खर्च गरिरहँदा पनि मातृ मृत्युदर घट्न सकेको छैन ।

बाँकेमा मातृ मृत्युदर झन् बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाभित्रमा १४ जना महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका अनुसार यसअघि गत आर्थिक वर्ष २०७७/७८ र २०७६/७७ भरी ३५/३५ जनाको मृत्यु भएको थियो ।  जिल्लामा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका भित्रका ६ जना महिलाले ज्यान गुमाएका छन् ।

यस्तै जानकी गाउँपालिकामा ३, राप्ती सोनारी र नरैनापुरमा २/२ र कोहलपुरमा एक जना महिलाले ज्यान गुमाएको कार्यालयका ‘आमा सुरक्षा कार्यक्रम’ फोकल पर्सन एवम् पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताईन ।

मातृ मृत्युदुर बढी हुनेमा मधेसी तथा मुस्लिम समुदायका बढी रहेको देखिएको छ ।  कार्यालयका अनुसार मधेसी तथा मुस्लिम समुदायमा ३६ प्रतिशत मातृमृत्युदर रहेको छ ।

अधिकांस महिलाको सुत्केरी पश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत महिलाको मृत्यु भएको कार्यालयको तथ्यांक छ ।

यस्तै २९ प्रतिशतको बाटोमा र १४ प्रतिशतको घर र १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १८:२२