सूचनाको शक्ति - The Power Of Information

        

गर्मी विदा थप

गर्मी अत्यधिक बढेपछि बाँकेका तीन पालिकाले विदा बढाए

नेपालगञ्जको तापक्रम ४० डिग्री

गर्मी अत्यधिक बढेपछि बाँकेका तीन वटा पालिकाले विद्यालयमा दिएको गर्मी विदा लम्ब्याएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले गर्मी विदा थप तीन लम्ब्याएका हुन् ।

गर्मी कायमै रहेकाले आजसम्म दिएको विदालाई असार ३ गतेसम्म लम्ब्याईएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

यि तीन पालिकाले यसअघि २७ गतेदेखि ३१ गतेसम्म विद्यालयमा गर्मी विदा दिएका थिए । नेपालगञ्ज, कोहलपुर र खजुरागाउँपालिकाले सूचना जारी गर्दै असार ३ गतेसम्म विदा दिएको जानकारी दिएका छन् ।

४ गते शनिवार परेकाले अव असार पाँच गते मात्रै विद्यालय खुल्ने छन् । गर्मीका कारण विद्यालयमा बालबालिकाहरु विरामी पर्न थालेपछि बर्खे विदामा मिलान हुने गरी स्थानीय पालिकाले गर्मी विदा दिएको बताएका छन् ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिका बाहेक अन्य सबै पालिकाले गर्मी विदा दिएका छन् । नेपालगञ्जको तापक्रम ४० डिग्रीको हाराहारीमा छ । पानी नपरेका कारण नेपालगञ्जमा अत्यधिक गर्मी बढेको छ । त्यसैमा अघोषित लोडसेडिङका कारण नगरबासी आक्रान्त छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १८:०५