सूचनाको शक्ति - The Power Of Information

        

अर्थमन्त्रीलाई राजीनामा दिन दबाब बढ्दै गर्दा मन्त्रालय बचाउमा

बजेटको गोपनीयता भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन दबाब बढ्न थालेपछि अर्थ मन्त्रालयले उहाँको बचाउ गरेको छ ।

बजेट घोषणा हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वका दर हेरफेर गरेको खबर सार्वजनिक भएपछि अर्थमन्त्रीको आलोचना भइरहेको छ । यस विषयमा सदनमासमेत कुरा उठेको छ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नुभएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले भने अर्थमन्त्रीमाथि लागेको आरोपको खण्डन गर्दै बजेट निर्माणको बेला विज्ञ भन्दै बाहिरको व्यक्ति मन्त्रालयमा प्रवेश गरेको विषयमा सत्यता नभएको दाबी गर्नुभएको छ ।

प्रवक्ता बरालले विज्ञप्ति निकालेर अर्थमन्त्रीविरुद्ध भ्रम पैदा गरेको दाबी गर्नुभएको छ । बजेट निर्माणमा अर्थमन्त्रीसहित मन्त्रालयको टिम लागेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार ०८:२८