सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र पत्रकार संघ बाँके शाखाको अध्यक्षमा पौडेल

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् ।

आइतबार नेपालगन्जमा सम्पन्न समिति पुनर्गठन कार्यक्रममा अध्यक्षमा पौडेलसहित ११ जनाको समिति गठन भएको छ ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समिर बलामीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा विक्रम बुढाक्षेत्री, सह-सचिवमा लक्ष्मी तिमिल्सिना र कोषाध्यक्षमा निशु जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यमा मो.जावेद हलवाइ, ज्ञानसंगम खड्का, रामप्रसाद आचार्य, रजनी योगी, सावित्री विश्वकर्मा र समिर शाही चयन भए ।

समितिको सल्लाहकारमा भने कमल खत्री, गणेश विक र सञ्जिव शाक्यलाई राखिएको छ ।

यसअघि २०७५ सालमा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको गठन गरिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार १९:५१