सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

नेपाली कलाकार राष्ट्रका गहना कि कलङ्क ?

सरकारले अझैं कलाकारहरुलाई छाडा छोड्ने हो भने कलाकारहरुको कारणले समाज कहाँतिर मोडिन्छ ? यो हेर्न बाँकी नै छ ।

नेपालको कलाकारहरु जनता र राष्ट्रप्रति जिम्मेवार अलिकति पनि जिम्मेवार देखिदैनन् । कलाकारहरु लापरवाह हुँदा मुलुकमा विकृति फैलिएको छ । कलाकारले जस्तो पनि गीत गाँउछन्, फिल्म खेल्छन्, जसले गर्दा समाजमा नराम्रो असर परेको देखिन्छ । कलाकारले सोच्दै नसोची फिल्म खेल्दा र निर्देशकले पैसाको लागि बनाउँदा समाजमा बलात्कारको घटना बढेको छ । कलाकारहरु आफु चर्चामा आउन र कमाउनका लागि सरकारको ऐन कानुन पनि मान्दैनन् । जनता र समाजको पनि ख्याल गर्दैनन् । हामीले गाएको गीत र खेलेको फिल्मबाट समाजमा कस्तो म्यासेज जान्छ भनेर पनि सोच्दैनन् । कलाकारलाई राष्ट्रको गहना भनेर सम्बोधन गरिन्छ ।

संस्कृति, पर्यटन तथा नाागरिक उडड्यन मन्त्री पे्रम आलेले पुरानो ऐन कानुनलाई अझै पनि संशोधन गरेका छन् । मुलुकमा कलाकारले विसङगति फैलाउँदा पनि पर्यटकमन्त्री के हेरेर बसिरहेका छन् ? सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरानो ऐन कानुन परिर्वतन नगर्दा कलाकारहरु छाडा भएका छन् । छाडा कलाकारका कारण राष्ट्र नै दुर्घटनामा पर्ने सम्भावना बढ्दो छ । अहिले नेपाली कलाकारहरु आफैं चर्चामा आउन मनलाग्दी फिल्म र गीत गाउँछन् । कलाकारहरुले गाएको गीत र खेलेको चलचित्र सञ्चार क्षेत्रमा आइहाल्छ । नराम्रो गीत बनाउने र छाडा फिल्म बनाउनेहरुलाई सरकारले पनि कानुनको दायरामा ल्याउन सकेको छैन । अहिले नेपालमा भएका कलाकारहरु आफ्नो क्षमताले भन्दा पनि पैसा तिरेर आएका छन् ।

कलाकार संघ दर्ता गर्ने राजनीतिक पार्टीको झोला बोक्ने, कलाकार नै नभएको व्यक्तिहरुलाई संघको कार्ड वितरण गरिरहेका छन् । कलाकारका कारण जनताहरु नराम्रोसँग बेथिति फसेको छन् । तर न त कलाकार संघ जिम्मेवार लिन्छ न त राज्यले नै लिन्छ । आफनो परिवारसँगै बसेर हेर्न सक्ने फिल्म वा सिरियल बनाएको हुँदैन, कलाकारहरुले बोलेको शब्द निकै छाडा हुन्छ । नेपालका कलाकारहरुसँग क्षमता छैन भन्ने बुझिएको छ । नेपालको कलाकारहरु कुनै यौनकाण्डमा जेलमा छन् । कुनैले सिनेमाघरमै दर्शक चड्काउँछन् । कबड्डी ४ चलचित्र हेर्न सिनेमाघर पुगेका भिक्षु फुर्वा गुरुङलाई नायिका मिरुना मगरले सार्वजनिक स्थलमै चड्काइन् । यसले एकाएक सबैको ध्यान खिच्यो । जनताहरु सडकमा उत्रिए । अन्ततः नायिका मिरुनाले घुँडा टेक्नै पर्यो ।

पैसा तिरेर फिल्म हेर्नु छ अझै कुटाइ पनि खानुपर्ने ! यस्ता पनि कलाकार, कलाकारका नाममा कलङक हुन् यिनीहरु । यस्तै पारा हो भने जनताहरुले फिल्म हेर्न छाड्छन् । भन्सुन र पैसाको आडमा भित्रिएको कलाकारको कारण कलाकारिता क्षेत्र नै बदनाम भएको छ । कलाकार हो भन्ने देशविदेश घुम्ने जनता र राष्ट्रको बेइज्जत गर्ने । देश ठूलाठूला पीडाबाट गुज्रियो तर कलाकारहरुले केही सहयोग गरेनन् । भुकम्प गयो, कोरोना आयो तर कलाकारले के गरे ? बरु, टुलुटुलु रमिता हेरेर बसे । अब नेपाल सरकारले निर्माता र कलाकारहरुको सम्पत्ति छानबिन गनुपर्छ । यिनीहरुले फोहोरी गीत गएर, फिल्म खेलेर कमाएको सम्पत्ति राष्ट्रियकरण गनुपर्छ । कलाकारहरुको संघ र महासंघ खारेज गनुपर्छ ।

यो संघ संस्था ऐन ०३४ मा सिडिओ कार्यलयमा दर्ता भएको छ । यो संघलाई खारेज गरेर कम्पनीमा लैजानुपर्छ । एउटा चलचित्र बनाउँदा निर्माताले एक करोडदेखि चार करोडसम्म लगानी लगाएको हुन्छ । कलाकारले एउटा चलचित्र खेलेको एक लाखदेखि पाँच लाख लिन्छन् । एउटा सिरियल बनाउँदा एक लाखदेखि पाँच लाख खर्च गर्छन् । एउटा गीत गाएको बीस हजारदेखि एक लाखसम्म लिन्छन् । एउटा चलचित्र चलेर दशदेखि बीस करोड कमाएको भन्छन् । यिनै निर्माता, कमाएको चलचित्र, कलाकार, गायककार, सिरियल मेकरहरुले राज्यलाई राजश्व तिरर्दैन् । नेपालमा कलाकारको वर्गीकरण गरिएको छैन । नाच्न नआउने, गाउन नआउने पनि कलाकार छन् । यस्ता कलाकारबाट जनताहरुले के सिक्ने ?

सार्वजनिक सवारी साधनमा बज्ने गीतको रियालिटी चाहिन्छ भनेर माग्छन् । त्यो बज्ने गीतहरु जनताले सुन्न नसक्ने गीत गाएको हुन्छ भने सञ्चारमाध्यमबाट प्रसारण भएको हुन्छ । सञ्चार क्षेत्रले पनि पैसा पाएपछि जस्तो पनि गीत र भिडियो देखाइदिने । सञ्चार क्षेत्र पनि जनताप्रति जिम्मेवारी हुनुपर्छ । सरकारले कलाकारिता क्षेत्र सुधार्ने कि बन्द गर्ने ? यो निर्णय गर्न ढिलो भइसकेको छ । पछिल्लो समय कलाकारहरु धमाधम राजनीतिक दलको सदस्यता लिइरहेका छन् । पार्टीको समर्थनमा गीत गाउने । गीतमार्फत अर्को पार्टीलाई घोचपेच गर्ने । कलाकारहरु जनता र समाजको लागि होइन पार्टीका निम्ति मात्र हुन् । अहिले दोहोरी गीतको पनि लहर चलेको छ ।

दोहोरी गीतमा बढी कलाकारले छाडा र सुन्ने नसक्ने गीत गाँउछन् । यस्तो गीत गाउने र छाडा फिल्ममा खेल्नेलाई कारवाही पनि गर्दैन । सरकारले अझैं कलाकारहरुलाई छाडा छोड्ने हो भने कलाकारहरुको कारणले समाज कहाँतिर मोडिन्छ ? यो हेर्न बाँकी नै छ । कलाकारहरुले कमाउने नाममा समाज बिगार्दा पनि राज्य किन टुलटुल हेरेर बस्छ ? हामी जनतामा पनि चेतना आउनुपर्छ । समाजलाई नपच्ने गीत, भिडियो, फिल्म र्हेन छाड्नुपर्छ । नेताहरुले पनि त्यस्ता कलाकारको विरोध उजुरी गर्न सिक्नुपर्छ । पहिला शुरु जनता आफैं सक्षम बन्नुपर्छ । अर्कोले जस्तो गीत वा फिल्म बनाउँदा त्यसलाई नहेर्ने र नसुन्ने बानी राख्नुपर्छ ।

जनताहरु सुन्नछन् र हेर्छन् भन्ने घमण्डका कारण यस्तो भएको बुझिएको छ । यसमा पनि राजनीतिक दलहरु पनि ठुलो भुमिका छ । कलाकारलाई सहि ट्रयाकमा लिएर आउनुपर्छ । कलाकारहरुलाई राजनीतिक गर्नु दिनुहुन भनेर ऐनकानुन नबनाउँदा उनीहरु राजनीतिक क्षेत्रमा सक्रिय छन् । अब राजनीतिक दलहरुले कलाकारहरुलाई कुनै पनि पार्टीको सदस्य दिनुहुन्न । राजनीतिक दलको सदस्य लिने हो भने कलाकार गर्न छाड्नुपर्छ । अरु देशको कलाकार राष्ट्र र जनता प्रति जिम्मेवार हुन्छन् । तर, हाम्रो देशका कलाकारहरु भने छाडा भएर हिडिरहेका छन् । कलाकारलाई ऐन कानुन छैन ? समाज प्रति जिम्मेवारी भन्नुपर्दैन ? कलाकार हो भन्दैमा जे गर्न पनि छुट छ ? अहिले सदनमा बैठक चलिहेको छ । पुरानो ऐन कानुनलाइ खारेज गरेर नयाँ ऐन कानुन बनाउनुपर्छ । राज्यले राजश्व पाउनुपर्छ ।

कला क्षेत्रमा भएका बेथितिहरुको अन्त्य हुनुपर्छ । राज्यले अझैं ऐन कानुन परिर्वतन गरेन भने कला क्षेत्रबाट राजश्व लिनबाट पनि वञ्चित हुनुपर्छ । यस क्षेत्रमा भएको बेथिति सुधारिनुको साटो विकृति थप बढेको छ । सरकारी पक्षमा यसमा ध्यान दिनुपर्छ । फिल्म हेर्दा तिर्ने शुल्क पनि सरकारले तोकेको होइन् । फिल्म हल र निर्माताले तोकेको रेट हो । यो मँहगो हो कि सस्तो कसैलाई अत्तोपत्तो छैन् । सरकारले टिकट शुल्क निर्धारण गरिदिनुपर्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार १९:४९

सिफारिस