सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

बिहान देशभर सामान्य बदली

देशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ ।

नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हाे।

बाँकी प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आइतबार बिहान देशभर सामान्य बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार दिउँसो भने  प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुने भएकाे छ।

अन्य प्रदेशमा भने आंशिक बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ ।

साथै बाँकी भू-भागमा आंशिकदेखि मौसम सफा रहनेछ । साथै प्रदेश-१ र मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएकाे छ ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार ०८:३०