संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।
बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
बुधवार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो।
सत्यपाटी । काठमाडौँ ।