सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीबाट नयाँ मन्त्रीको नाम सिफारिस

 नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ ।

पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादी सचिवालय स्रोतका अनुसार सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतवार १८:०५