सूचनाको शक्ति - The Power Of Information

        

कार्यपालिका सदस्य निर्वाचन:

बाँकेको नरैनापुर कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत

सबै उम्मेदवारहरुले १९ मत पाए

बाँकेको नरैनापुर गाउँपालिका कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । ६ जना कार्यपालिका सदस्यका लागि शुक्रवार भएको निर्वाचनबाट कांग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् ।

महिला सदस्यमा कालावती धोवी, मायावती धोबी, मोहर बासा धोवी र समुन्दरा धोवी विजयी भएका हुन् । यस्तै दलित अल्पसंख्यकतर्फ अब्दुल रैमान नाउ र सन्तोष कुमार श्रीवास्तव विजयी भएका छन् ।

कांग्रेसका सबै उम्मेदवारहरुले १९ मत पाएका छन् । निकटतम् प्रतिद्वन्दी जसपाका सबै उम्मेदवारहरुले १३ मत पाएका छन् । कांग्रेसको २० मत मध्ये १ मत जसपातिर गएको देखिएको छ ।

अब कार्यपालिका बोर्डमा कांग्रेसको सुविधाजनक बहुमत पुगेको छ । १४ सदस्यीय बोर्डमा कांग्रेसका १० जना पुगेका छन् । नरैनापुरमा अध्यक्ष र उपाध्यक्ष भने जसपाले जितेको थियो । ६ वडामध्ये १, ४, ५ र ६ मा कांग्रेस तथा २ र ३ मा जसपा विजयी भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १८:४९