सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा रोकिएको ट्याक्टरमा ठोकिदा एक जनाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिकामा राकिएको ट्याक्टरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

बिहिबार राती करिब ११ बजेको समयमा कोहलपुर नगरपालिका १५ अकलघरुवा स्थित राकिएको ट्याक्टरमा ठोकिदा खजुरा गाउँपालिका ४ का २५ वर्षका सुमन शर्माको घटना स्थलमै मृत्यु भएको हवल्दारपुर प्रहरी विट प्रहरी जवान रञ्जि अर्यालले  बताए ।

हवलदारपुरदेखि मदनचोकतर्फ जादै गरेको भे ४ प १०३३ नम्बरको मोटरसाइकलले सडकको किनारामा रोकीएको भे १ त ८९०६ नम्बरको ट्याक्टरको ट्यालीमा ठोकिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको हवल्दारपुर प्रहरी विट प्रहरी जवान अर्यालले बताए ।

कोहलपुर इलाका प्रहरी कार्यालय प्रमुख ऐन बहादुर मल्लले मृतकलाई अहिले कोहलपुर मेडिकल कलेजमा राखिएको र मोटरसाइकल र ट्क्याक्टर दुवै प्रहरीले नियन्त्रणमा लिएको बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०८:१२