हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शुक्रबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शुक्रबार राति भने प्रदेश-१ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ। साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।
सत्यपाटी । काठमाडौँ ।