सूचनाको शक्ति - The Power Of Information

        

बजेट कार्यान्वयनमा शंका

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको झण्डै १८ खर्ब बराबरको बजेट कार्यान्वयन हुन नसक्ने दावी अर्थविद्हरुले गरेका छन् ।

आईक्यानले बिहिबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन्।

आईआईडीएसका कार्यकारी निर्देशक डा. विश्वास गौचनले कुनै पनि हालतमा यो आकारको बजेट कार्यान्वयन हुन् नसक्ने बताए ।

बजेट कार्यान्वयन भइहाले पनि मुद्रास्फीतिमा चर्को दवाब सिर्जना हुने उनको तर्क छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०७:४०