सूचनाको शक्ति - The Power Of Information

        

कार्यपालिका सदस्य निर्वाचन

कोहलपुर नगर कार्यपालिकामा काँग्रेसको बहुमत

 बाँकेको कोहलपुर नगर कार्यपालिकामा काँग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ ।

कार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा काँग्रेसका आठै जनाले जित हासिल गरेका हुन् ।

नगर कार्यपालिकामा इश्वरी विक, भुपबहादुर दर्जी, नरेश बान्तवा राई, अनिता बिसी, पबित्रा थारु, सुनिता विष्ट, सुनिता सुनार र केशरी कुमारी रावत निर्वाचित भएका हुन् ।

कोहलपुर नगरपालिकामा काँग्रेसको स्पष्ट बहुमत थियो । कार्यपालिकामा पनि स्पष्ट बहुमत पुगेको छ । नगर कार्यपालिकामा ७७ मतदाता छन् ।

तीमध्ये ४८ जना काँग्रेसका थिए । कोहलपुर नगरपालिकामा १५ वटा वडामध्ये काँग्रेसले नगर प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जीत निकालेको थियो भने नेकपा एमालेले तीन र नेकपा माओवादीले दुई वडा जितेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १८:२७