सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

बजेटमाथिको सैद्धान्तिक छलफल

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ०७:५२