सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार आज पनि उच्च अङ्कले घट्याे

शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५३ अङ्कले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय २९ कम्पनीकाे ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो । नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर आज पनि १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १९:०८