नेपाल बैंक लिमिटेडको कोहलपुर शाखाले मंगलबार बैजनाथ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
शाखाका प्रवन्धक दिपकराज ओलीले वडा नम्बर ४ का अध्यक्ष प्रेम शाही र वडा नम्बर ३ का अध्यक्ष निखल बैगारलाई खादा तथा अविर लगाएर बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
उक्त अवसरमा बोल्दै प्रवन्धक ओलीले बैजनाथ जस्ता बजारन्मुख पालिकामा वित्तिय गतिविधीलाई प्रोत्साहन गर्न जनप्रतिनिधीको भुमिका महत्वपूर्ण हुने बताए । नियम अनुसार हुने कामलाई सहज र सरल बनाएर सेवाग्राहीलाई सन्तुष्टी गरिरहेको ओलीको भनाई छ ।
वडा अध्यक्षहरुले स्वरोजगार तथा उद्यम जस्ता गतिविधी बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । त्यसले बित्तीय गतिविधिलाई समेत चलायमान बनाउने उनीहरुको भनाई छ । अहिले नेपाल बैंक निक्षेप सकलन तथा कर्जा प्रवाहमा उत्कृष्ठ रहेको छ ।
बैजनाथ जस्ता ठाउँ वित्तीय गतिविधि बढाउन जनप्रतिनिधि सँग सहकार्य गर्ने नीति लिएकाले जनप्रतिनिधिलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा कोहलपुर शाखाका सहायक प्रबन्धक लोकराज न्यौपानने समेतको सहभागिता थियो ।
सत्यपाटी । बाँके ।